Logo
Logo

दुई पत्रकारको संसद पास निलम्बन


1.4k
Shares

काठमाडौं । संघीय संसद् सचिवालयले दुई जना पत्रकारलाई संसद् प्रवेशमा रोक लगाएको छ । सुनौलो नेपालका पत्रकार प्रकाश वली र युवामन नामक युट्युब च्यानलका किशोर कुमार श्रेष्ठलाई एक महिनााका लागि संसद भवन प्रवेशमा रोक लगाइएको हो ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् प्रवेश गर्दा पालना गनुपर्ने पत्रकार आचारसंहिता उल्लङ्घन गरेकाले उनीहरुलाई एक महिनाका लागि प्रवेशमा रोक लगाइएको जानकारी दिए ।

संसद् सचिवालयले पत्रकारहरूलाई संसद भवन प्रवेशका लागि छुट्टै पासको व्यवस्था गर्दै आएको छ । संसद भवनमा प्रकाश र किशोर कुमारले प्रधानमन्त्रीलाई तपाईँ हिटलर र तानाशाह हो ? भन्दै प्रश्न सोधेका थिए ।

उक्त विषयलाई लिएर संसदमै एमाले सांसदले सभामुखको ध्यानाकर्षण गराएपछि संसद सचिवालयले एक महिनाका लागि पत्रकारद्वयलाई संसद भवन प्रवेशमा रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्