काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले दुईजना पत्रकारको पास सङ्घीय संसद निलम्बन गरकोप्रति आपत्ति जनाएका छन् । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा के प्रधानमन्त्री हिटलर बन्दै गएको भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘के तपाईँ हिटर हो भन्ने प्रश्न सोधेको आधारमा दुई जना पत्रकारको पास सङ्घीय सांसदले निलम्बन गरेछ। केही समय अघि सत्ता पक्षका सांसदले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर हुन सक्छ र भनी प्रश्न सोधेका थिए। र सचेत गराएका थिए । आज निलम्बन गरेछ, संसद निरन्तर सताको छाया बन्दै छ । हिटलर बन्दुकको नालबाट आएका थिएनन् चुनावबाटै आएका थिए । उनी सरकारमा गएका बेला लोकतान्त्रिक अधिकारहरू कटौती गरी निरकुंश बने अहिलेको सरकार पनि त्यही गर्दै छ। अब मेरो प्रश्न के प्रधानमन्त्री पनि हिटलर बन्दै हो ?’
संघीय संसद् सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्बाट बाहिरिने क्रममा प्रश्न सोध्दा अमर्यादित शब्द प्रयोग गरेको भन्दै दुई जना पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ । पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन भएको हो ।
संसद् सचिवालयको मिडिया सेण्टर प्रवेश पास लिएका श्रेष्ठ र ओलीले फागुन ४ गतेको प्रतिनिधिसभा बैठकपछि बैठकबाट बाहिरिँदै गरेका प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासन उल्लघंन गरेको संघीय संसद् सचिवालयको आरोप छ।
सचिवालयका अनुसार पत्रकार श्रेष्ठ र ओलीले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा ‘तानाशाह’ र ‘हिटलर’ जस्ता शब्दहरू प्रयोग गरेका थिए । उनीहरूको प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको सचिवालयले जनाएको छ ।














