Logo
Logo

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता


- दृष्टि न्युज/संवाददाता



काठमाडौं ।

पछिल्ला घटनाक्रमलाई लिएर प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबीच भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन । आईतवार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठक सकेर देउवा बालुवाटार पुगेका हुन।

राष्ट्रिय चिकित्सा विधेयक संसद्बाट पारित भएपछि सत्तापक्ष र विपक्षीबीचको दूरी बढेको छ । आफ्ना माग सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेको, संसदीय मर्यादा तोडिएको, सरकारले बहुमतको दम्भ देखाएको लगायत आरोप लगाउँदै कांग्रेस रुष्ट छ । उसले सडक र सदनमा आन्दोलन जारी राख्ने समेत घोषणा गरिसकेको छ ।

ओली र देउवाको भेटवार्त पछि त्रिभूवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियनको आसन्न निर्वाचनबारे छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले देउवा सहित विद्यार्थी संगठनका पदाधिकारीलाई पनि बालुवाटारमा बोलाएका थिए।

उक्त बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतका अनुसार, प्रधानमन्त्री ओलीले स्ववियू निर्वाचनको वातावरण राम्रो बनाउन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्