Logo
Logo

सहिद स्मारक ‘बी’ डिभिजन लिग : बाँसबारीलाई हराउँदै वीरगञ्ज उक्लियो तेस्रो स्थानमा


189
Shares

काठमाडौं। बाँसबारी क्लबलाई पराजित गर्दै वीरगञ्ज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा वीरगञ्ज २–१ ले विजयी भएको हो।

जितसँगै तेस्रो स्थानमा उक्लिएको वीरगञ्जले चार खेलबाट आठ अङ्क पुर्‍याएको छ। दोस्रो हार बेहोरेको बाँसबारीको भने समान खेलबाट ६ अङ्क छ। वीरगञ्जको जितमा विवेक चौधरी र अमर डंगोलले गोल गरे। बाँसबारीका सन्दीप लिम्बूले एक गोल गरे ।  

पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। तर, ६६औँ मिनेटमा विवेकले वीरगञ्जलाई सुरुआती अग्रता दिलाए। ८५औँ मिनेटमा अमीरले अर्को गोल थप्दै वीरगञ्जको जित पक्का गरेका थिए।

तर, पाँच मिनेटपछि नै सन्दीपले गोल गर्दै बाँसबारीलाई खेलमा फर्काउने सङ्केत देखाएका थिए। यद्यपि, बाँसबारी खेलमा फर्किन भने पाएन। 

प्रतिक्रिया दिनुहोस्