Logo
Logo

आइपिएलमा आज दुई खेल हुँदै


189
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज दुई खेल हुनेछन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइ मटस्बीच हुनेछ । कोलकाताको इडन गार्डेन्समा खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

यसअघिको खेलमा कोलकाताले सनराइजर्स हैदराबाद र लखनउले मुम्बई इन्डियन्सलाई हराएको थियो । दुवै टोली लगातार दोस्रो जितको प्रयासमा हुनेछन् । कोलकाताको प्रदर्शन अहिलेसम्म स्थिर देखिएको छैन । 

लखनउका मिशेल मार्श र निकोलस पूरण मात्र लयमा देखिएका छन्। ४ खेलमा समान २ जित र २ हार बेहोरेको समान ४ अङ्क जोड्दै कोलकाता तालिकाको पाँचौँ र लखनउ छैंटौंमा छ।

अर्को खेल पंजाब किंग्स र चेन्नई सुपर किंग्सबीच हुनेछ। पंजाब किंग्सले ३ खेल खेलेमा २ जितेको छ। पंजाबले दुबै अवे खेल जितेको हो । आफ्नो पहिलो घरेलु खेलमा राजस्थान रोयल्ससँग हार बेहोरेको थियो ‌।

सानदार सुरुवात गरे पनि चेन्नईले त्यसपछि लगातार ३ खेलमा हार खेप्नुपरेको छ । ५ पटकको विजेता टोलीले जितको लय समात्न संघर्ष गरिरहेको छ । दुवै टोली पहिलो पटक मुल्लानपुर मैदानमा एकअर्काविरुद्ध खेल्दै छन् ।

खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। ३ खेलमा ४ अंकसहित पंजाब तालिकाको चौथो स्थानमा छ । ४ खेलमा १ खेल जितेको चेन्नई नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्