Logo
Logo

कतारमाथि नेपालको सहज जित


1.3k
Shares

काठमाडौं । हङकङमा आजदेखि सुरु भएको चारदेशीय टी–२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार बिहान भएको आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले कतारलाई ब्याटिङको निम्तो दिएको नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको थियो । नेपालले १८ बल बाँकी रहँदै १५४ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले १९ बलमा ३८, आसिफ शेखले २१ बलमा ३३, कप्तान रोहित पौडेलले २९ बलमा ३७ र बसिर अहमदले ३३ बलमा ३० रन बनाए ।

प्रतिक्रिया दिनुहोस्