Logo
Logo

चारदेशीय टी-२० सिरिजमा नेपालको दोस्रो जित


882
Shares

काठमाडौं । चारदेशीय टी–२० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ । हङकङमा जारी सिरिजको दोस्रो खेलमा आज नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।

बिहीबार बिहान भएको खेलमा नेपालले पाएको १८६ रनको लक्ष्य ७ बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टाएको हो । यस क्रममा ओपनर कुशल भूर्तेल र आशिफ शेखले अर्धशतक बनाए भने भूर्तेलले ५० बलमा ६ चौका र ६ छक्का हानेर ८१ रन बनाए ।

आशिफले ३८ बला २ चौका र ४ छक्का हानेर ५३ रन जोडे भने कुशल मल्ल ४ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरीले १२ बलमा २ चौका र ३ छक्का हानेर ३१ रन बनाए ।

बलिङतर्फ कुवेतका यसिन पटेलले २ तथा मोहम्मद शफिक र मोहम्मद अस्लामले १-१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कुवेतले ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । नेपालले अन्तिम खेल चैत ३० गते हङकङसँग खेल्नेछ । त्यसपछि चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्