काठमाडौं। नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलले टी–२० आईमा दीपेन्द्रसिंह ऐरीको नाममा रहेको कीर्तिमान आफ्नो नाममा गरेका छन् । बिहीबार कुवेतविरुद्ध ८१ रन प्रहार गर्दै उनी नेपाली टोलीबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बनेका हुन् ।

कतारविरुद्ध ३८ रन प्रहार गर्दै नेपालको जितमा महत्त्वपूर्ण भूमिका खेलका उनले कुवेतविरुद्ध पनि उत्कृष्ट ब्याटिङ गरेका हुन् । आजको खेलमा ५० बल खेलेका उनले समान ६ चौका र छक्का प्रहार गरेका हुन् । योसँगै उनी मध्यक्रमका दीपेन्द्रको कीर्तिमान भङ्ग गर्न सफल भएका हुन् ।
कुशलले ५४ इनिङ्स खेल्दै एक शतक र १० अर्धशतक प्रहार गरेका छन् । यस्तै, दीपेन्द्रले भने उनीभन्दा १२ इनिङ्स बढी खेल्दै एक शतक र नौ अर्धशतक प्रहार गरेका छन् । दीपेन्द्र कुवेतविरुद्धको खेलमा ३१ रनमा क्याच भए । १२ बल खेलेका उनले दुई चौका र तीन छक्का प्रहार गरेका थिए।
यी दुई ब्याटरलाई आसिफ शेखले पछ्याइरहेका छन् । कुवेतविरुद्ध ५३ रनको इनिङ्स खेल्दै उनले आफ्नो अर्धशतकको सङ्ख्या सातमा पु¥याएका छन् । यस्तै, कप्तान रोहितकुमार पौडेलको नाममा पनि समान सात अर्धशतक छ ।
कुशल फममा आउनुले नेपालको आगामी खेललाई थप राहत पुग्ने छ । बिचमा लए गुमाएका कुशल ब्याटर भन्दा बलरको रूपमा खेल्दै आएका थिए । उनले लएका कारण आफ्नो ब्याटिङ गर्ने क्रम पनि परिवर्तन गरेका थिए ।














