काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स (डीसी) र मुम्बई इन्डियन्स (एमआई) खेल्दै छन् । डीसी अपराजित रहँदै लिगको शीर्ष स्थानमा छ, भने एमआई संघर्षरत छ।

अक्षर पटेलको कप्तानीमा रहेको दिल्ली क्यापिटल्सले यो सिजनमा हालसम्म चारै खेल जितेर आठ अङ्कसहित दोस्रो स्थानमा छ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स भने यो सिजनमा अपेक्षाकृत प्रदर्शन गर्न संघर्षरत छ। हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको टोलीले पाँच खेलमा केवल एक जित हासिल गरेको छ र अङ्क तालिकाको आठौँ स्थानमा छ।
डीसी र एमआईबीच हालसम्म ३५ खेल भएका छन्, जसमा एमआईले १९ र डीसीले १६ खेल जितेका छन् । दिल्लीमा भने डीसीले १२ मध्ये ७ खेल जितेको छ । खेल नेपाली समय अनुसार साझ ७:४५ बजे सुरु हुने छ ।














