
काठमाडौं । आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुने छ ।
जारी पहिलो खेलमा नेपालले युएईलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ भने ओमानले अफगानिस्तानसँग हार बेहोरेको छ । त्यस्तै आज अर्को खेल अफगानिस्तान र हङकङबीच तल्लो मुलपानी क्रिकेट मैदानमा हुँदैछ ।
अप्रिल १६ मा नेपालले हङकङसँग र अफगानिस्तानले युएईसँग खेल्ने तालिका रहेको छ । त्यसैगरी अप्रिल १७ मा ओमान र युएई खेल्दै छन् भने अप्रिल १८ मा हङकङ र ओमान खेल्दै छन् । त्यसैगरी अप्रिल १९ मा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।














