काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलमा आजको पहिलो खेलमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल्दै छन् । खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दिउँसो ३: ३० बजे सुरु हुँदैछ।

दिल्ली क्यापिटल्स हालसम्मको उत्कृष्ट प्रदर्शनसहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेको । गुजरात टाइटन्स दोस्रो स्थानमा छन् । गुजरातले हालै न्यूजिल्यान्डका ग्लेन फिलिप्सको चोटका कारण श्रीलङ्काका दासुन शनाकालाई टोलीमा समावेश गरेका छन् ।
अघिल्ला पाँच भेटमा दिल्लीले तीन र गुजरातले दुई खेल जितेका छन् । २०२४ मा दिल्लीले गुजरातलाई ४ रनले पराजित गरेको थियो । यो खेल अङ्क तालिकाको शीर्ष स्थानमा रहन निर्णायक हुन सक्छ । दिल्लीले आफ्नो अग्रता कायम राख्न चाहन्छ, भने गुजरातले शीर्ष स्थानमा उक्लन प्रयास गर्नेछ ।










