काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालू आर्थिक वर्षको तेस्रो त्रैमासको व्यापार समीक्षा गर्दै बाँकी समयावधिका लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।

कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीणरमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै सञ्चालक अग्रवालले चुनौतीपूर्ण अवस्थाका बाबजुद पनि कम्पनीले प्राप्त गरेका उपलब्धिका लागि धन्यवाद दिँदै आगामी दिनमा कम्पनीले लिएको लक्ष्यलाई प्राप्त गर्न सबैलाई आग्रह गरे ।
त्यस्तै, सिइओ पराजुलीले कम्पनीले प्राप्त गरेको उपलब्धि ऐतिहासिक रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र खट्ने कर्मचारी, अभिकर्ताको कामको सराहना गरे । २५औँ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले लिएको ऐतिहासिक लक्ष्य सजिलै प्राप्त हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो । साथै, उनले बजार हिस्सालाई शीर्षस्थानमा राख्दै जीवन बिमाको पहुँच अभिवृद्धि गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा नेसनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरू तथा प्रादेशिक प्रमुखहरूले आआफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी, डिसिइओ कयालले भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सको विकाससँगै जीवन बिमा क्षेत्रमा पनि विभिन्न प्रकारका अवसर सिर्जना भएको र सोलाई मूर्तता दिने गरी काम थालिएको बताए ।











