Logo
Logo

प्रचण्ड भोलि बारपाक जाने


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विनाशकारी भूकम्प गएको १० वर्ष पुगेको दिन वैशाख १२ गते भूकम्पको इपिसेन्टर गोरखाको बारपाक जाने भएका छन् । उनी त्यहाँ हुने कार्यक्रममा सहभागी जान लागेको बताइएको छ ।

संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बारपाकमा आयोजना हुने स्मृति कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ लगायतका नेता जाने जानकारी दिए ।

बारपाक अध्यक्ष प्रचण्ड निर्वाचित भएको निर्वाचन क्षेत्रमै पर्ने भएकाले त्यहाँ सहभागी भएर आएपछि निजामती र शिक्षा विधेयकमा विपक्षी दलहरूको साझा धारणा बनाउन प्रतिपक्षी दलको बैठक राखिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्