Logo
Logo

सशस्त्र प्रहरिको गोताखोरले ५० फिट गहिराईबाट निकाल्यो पोख्रेलको शव


2.8k
Shares

काठमाडौं । बैशाख १० गते सुर्खेत जिल्ला सिम्ता गाउँपालिका–४ भेरी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ब्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराईबाट निकालेको छ ।

डुबेर बेपत्ता भएका ५८ बर्षका गोबिन्द पोख्रेललाई  सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी  बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बिहिबार दिउँसो ५० फिट गहिराईबाट शव बाहिर निकालेको हो । उनी बेपत्ता भएसँगै सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश चिप्ले सुर्खेतबाट समेत खोजिकार्यको लागि टोली परिचालन गरिएको थियो । सोही गाउँपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्