
काठमाडौं । धादिङको रुवीभ्याली गाउँपालिका– ४ बोराङका सुकबहादुर लामा नालीमा मृत भेटिएका छन् । नीलकण्ठ नगरपालिका–४ रायटार प्लटिङबाट आँपखोलातर्फ जाने सडकको नालीमा उनी मृत अवस्थामा भेटिएका हुन् ।
करिव ५५ वर्षीय लामा मृत भेटिएको रुवीभ्याली गाउँपालिका–४ का वडा अध्यक्ष प्रशान्त तामाङले जानकारी दिए । सुकबहादुरको परिवार केही समयअघिदेखि प्लटिङ नजिकै बस्दै आएका थिए ।
मृत लामा भेटिएको क्षेत्रमा हिजो राति युवाहरुबीच होहल्ला भएको र सामान्य झगडा पनि भएको स्थानीयहरुले बताएका छन् । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।














