Logo
Logo

नेपालमा धार्मिक द्वन्द्वको खतरा


डा. दीपेश केसी

16.3k
Shares

मंगोलियाको घुमन्ते समुदायका जेगिँज खाँले १२औँ शताब्दीमा विश्वका अधिकांश भूभाग जितेपछि जनसङ्ख्या वृद्धिलाई मुख्य अस्त्र बनाएका थिए । त्यसैले वर्तमान विश्वमा कुल जनसंख्याको एक प्रतिशत जति चेँगिज खाँका सन्तति रहेको अध्ययनले देखाएको छ ।

एकढिक्का भएर फरक समाजमाथि आक्रमण गरी जितपछि उक्त समाज नै ध्वस्त पार्ने उनको रणनीति थियो । आधुनिक विश्वमा अतिवादी मुसलमानहरुले पनि जनसङ्ख्या वृद्धिलाई अस्त्र बनाएर फरक धर्म र संस्कृतिलाई ध्वस्त पार्ने रणनीति अपनाइआएका छन् । इरान, अफगानिस्तानलगायत देशहरुमा उनीहरुले यही रणनीति लागू गरेका थिए ।

कुनै युगमा हिन्दू र बुद्ध धर्मावलम्बीको बाहुल्य रहेको अफगानिस्तानमा वर्तमानमा ९९.७ प्रतिशत मुसलमान छन् । हिन्दू र बौद्ध कि लखेटिए कि मारिए कि धर्मान्तर गरी रहन बाध्य भए । नेपालमा पनि यही योजनामा गतिविधि भइरहेको छ छैन भन्ने कुरा बेलाबखत घट्ने हिन्दु–मुस्लिम विवादले उब्जाएको छ ।

सन् २०२१ को जनगणना अनुसार नेपालको कुल जनसंख्याको ५.०९ प्रतिशत मुसलमान रहेको तथ्यांक छ । ७० वर्षमा प्रतिशतको हिसाबले मात्र मुसलमान कुल जनसंख्याको २.५४ बाट दोब्बर बढेका हुन् । सङ्ख्याका हिसाबले यो अझ बढी हो । सन् २०२१ को जनगणनामा मुसलमानको जनसङ्ख्या झन्डै १५ लाख छ । सन् १९५२ मा उनीहरूको जनसङ्ख्या मात्र २ लाख थियो ।

७० वर्षमा मुसलमानको जनसङ्ख्या १३ लाख वृद्धि भएको तथ्यांक छ । नेपालमा धार्मिक समुदायमध्ये मुसलमानको संख्या सबैभन्दा बढिरहेको तथ्यांक छ । प्रक्षेपण अनुसार सन् २०५० मा उनीहरूको जनसङ्ख्या ३२ लाख पुग्दै छ ।

बुद्ध धर्मावलम्बीको जनसङ्ख्यालाई उछिन्दै छन् । यति तीव्र रूपमा मुसलमानको जनसङ्ख्या बढ्नुमा जन्मदर बढी हुनु मात्र होइन, गैरकानूनी आप्रवासी भित्रनु पनि कारण हो । तीव्र रूपमा बढिरहेको मुसलमानहरुको जनसंख्यासँगै उनीहरूको गतिविधि बढिरहेको छ ।

नेपालको कुल मुसलमान जनसंख्यामध्ये ८० प्रतिशत तराईमा बसोबास गर्छन् । त्यहाँ उनीहरूको सक्रियता र गतिविधि ह्वात्तै बढेको छ । मुसलमानको ठूला सम्मेलनहरू सप्तरी, कपिलवस्तु, बाँकेलगायतका जिल्लामा बढी चल्न थालेको छ । उनीहरू विशेषगरी भारतसँगको मुख्य नाकाहरूमा बाक्लो जनसङ्ख्या बनाएर बसोबास गरिरहेका छन् । जहाँ मुसलमानको बाहुल्य बढ्दै गएको छ त्यहाँ हिन्दू गतिविधिमा अवरोध गर्न थालेका छन् ।

वीरगञ्जमा ३० चैत्रमा हनुमान जयन्तीमा शोभायात्रामा अवरोध छपकैयामा पुगेपछि भयो जहाँ मुसलमान जनसङ्ख्या बढी छ । मस्जिदबाटै ढुङ्गामुढा भएपछि हिंसा भड्कँदा प्रशासनले कफर्यु आदेश नै जारी ग¥यो । विगतमा रौतहट, सप्तरी, धनुषालगायतका जिल्लामा भएका शोभायात्रा, पूजामा पनि यस्तै अवरोध हुँदा झडप भएका थिए । जनकपुरमा रामजानकी शोभायात्रामा पनि मुस्लिम अतिवादीबाट अवरोध भए ।

सर्लाही, रौतहट, नेपालगन्जमा पनि हिन्दूहरुको धार्मिक कार्यक्रमलाई बाधा गरिएका छन् । महोत्तरीमा सरस्वती मूर्ति विसर्जनमा अवरोध गरिएको थियो । नेपाली सेनाबाट माग गरिएको भर्नाको सूचनालाई धर्मनिरपेक्ष नभएको आरोप लगाउने कार्य पनि इस्लामिक संघका जिम्मेवार पदाधिकारीले गरेका थिए । यी घटनाहरू पछिल्लो समय विकास भएका हुन् । बिस्तारै हिन्दूका धार्मिक गतिविधि विरुद्ध केन्द्रित हुन थालेका हुन् । यसले तराईका जिल्लामा धार्मिक हिंसाको खतरा बढ्न थालेको छ । यसले कुनैपनि बेला देशमा धार्मिक युद्धको खतरा छ ।

देशमा मुसलमानको जनसङ्ख्या ह्वात्तै बढ्नुका पछाडिका कारणहरूमा जन्मदर मात्र होइन भन्ने सरकारका जिम्मेवार निकाय अवगत छन् । बङ्गलादेशका मुसलमानले नेपाली पासपोर्ट किनेर वैदेशिक रोजगारीमा गएका कैयन घटना विगतमा खुलेकै थियो ।

बर्माका रोहिंग्या मुसलमानलाई त एमाले पार्टी नै प्रवेश गराइएको थियो कार्की बैंकेटमा चार वर्षअघि । तेस्रो देशका हुन् या भारतका नै किन नहुने मुसलमानहरु नेपाली नागरिक बनेर बस्ने क्रम बढेको छ । इस्तिमा गर्ने नियत पनि नेपालमा आप्रवासी भित्राउने रहेको देखिन थालेको छ ।

विना भीसा सजिलै आवतजावत गर्न सकिने भएकाले त्यस्ता मानिसहरू नेपाल छिरेर यहीँको नागरिक बनेका घटनाहरू धेरै छन् । मधेशका रैथानेलाई चुनौती दिनेगरी गैरकानूनी आप्रवासी पस्न थालेपछि स्थिति गम्भीर बनिसकेको छ । तैपनि, भोटबैंक ठान्ने नेताहरू यसलाई गम्भीर देखिरहेका छैनन् ।

उपेन्द्र यादव त राष्ट्र र धर्म फरक विषय हो भनेर भोटबैंक सुरक्षित गर्नेतर्फ लागिपरेका छन् । मधेशमा हिन्दुहरू असुरक्षित भइरहेकोतर्फ उनको कुनै चासो छैन । वीरगन्ज घटनाबारे न उनी बोल्छन् न उनका पार्टीका नेताहरू बोलिरहेका छन् । सबै तै चुप मै चुप छन् ।

कुनैबेला मधेशबाट पहाडे भगाऊ अभियान चल्दा उपेन्द्र यादव प्रोत्साहित गर्ने मध्येका थिए । अहिले पहाडे त धेरैले थालथलो छाडेर पूर्वपश्चिम राजमार्ग या अन्य सहरमा बसाइँ सरे । त्यो रिक्ततामा सबैभन्दा बढी ठाउँ बनाउनेमा मुसलमान नै छन् । जसका कारण मधेशको कुल जनसंख्यामा मुसलमानको जनसङ्ख्या १० प्रतिशत भन्दा बढी भइसक्यो ।

जिल्लाहरूको जनसङ्ख्या केलाउँदा कपिलवस्तुमा २० प्रतिशत नाघिसके । रौतहट, बारा, पर्सा जस्ता जिल्लामा १० प्रतिशतभन्दा बढी छन् । यसरी बढ्दो जनसंख्याका कारण मुसलमानहरुको सक्रियता ह्वात्तै बढेको छ । मदरसा र मस्जिद बढेका छन् । हिन्दूविरुद्ध गतिविधि गर्न थालेका छन् । कतिपय ठाउँहरूमा मुसलमानको बढ्दो जनसङ्ख्याले हिन्दुहरू विस्थापित भइरहेका छन् ।

दाङको कोइलावासमा मुसलमानले जमिन खरिद गरी जनसङ्ख्या बढाएका छन् । ३० वर्षअघि अल्पमतमा रहेका मुसलमान कोइलावासमा बहुमतमा पुगिसके । मुसलमान जनसङ्ख्या बढ्दै जाँदा अतिवादी गतिविधि पनि बढ्दै गएको छ । नेपालको मुस्लिम धार्मिक स्थानबाट भारतमा आतंकवादी गतिविधिमा संलग्न भएका आरोपीलाई पक्राउ गरिएको धेरै घटना छन् ।

यासिन भट्कल, अब्दुल करिम टुण्डा नेपालबाट पक्राउ परी भारत लगिएका थिए । यस्ता घटनाले देशको सुरक्षा संवेदनशीलता बढाएको छ । मुसलमानका मदरसा र मस्जिदको संख्या पनि तिव्र गतिमा बढेको छ । विशेषगरी भारतसँगको सीमा क्षेत्रमा उनीहरूको जनसङ्ख्या बढ्ने र गतिविधि पनि बढिरहेको बुझ्न सकिन्छ ।

अर्कोतर्फ, मुसलमान अतिवादीले भिन्न धर्मकामाथि दमन गर्ने देखि धर्मान्तर गर्ने शैली अपनाउन थालेका छन् । विभिन्न अध्ययनहरूका अनुसार संसारमा जहाँ मुसलमानको जनसङ्ख्या २५ प्रतिशत भन्दा बढी हुन्छ तब इस्लामिक राज्यको माग हुन थाल्छ । उनीहरू हरियो झन्डा फहराउन थाल्छन् । नेपालमा जुन जुन जिल्लामा यो हाराहारीको जनसङ्ख्या छ त्यहाँ हरियो झन्डा बढी फरफरिने थालिसकेको छ ।

रौतहटमा २०, कपिलवस्तुमा २५ प्रतिशत हिन्दू छन् । कपिलवस्तुमा हिन्दू पलायन हुँदैछन् । नेपालको झन्डा होइन हरियो झन्डा राख्न थालिसके । बाँके १९, पर्सा १५, महोत्तरी १४, बारा १३, सुनसरी १२, सप्तरी ९, धनुषा ९, रुपन्देही ९, सर्लाही ८, सिराहा ८, मोरङ ५, नवलपरासी ४, झापा ४ र काठमाडौंमा २ प्रतिशत मुसलमान भइसकेका छन् ।

विश्वभर इस्लामिक देशहरूको सङ्ख्या बढ्दो क्रममा छ । विश्वका ४९ देश मुसलमान बाहुल्य छन् । इस्लामिक राष्ट्र सबैभन्दा बढी सङ्ख्याका छन् । विश्वका कतिपय देशहरूले राष्ट्र निर्माणको केही वर्षपछि संविधानमै इस्लामिक राष्ट्र लेखेका छन् । जसमध्ये बङ्गलादेश, जिबुटी पनि हुन् । मुसलमानको तीव्र जनसङ्ख्या वृद्धिले ती देशहरूले पछिमात्र इस्लामिक देश घोषणा गरे । जनसङ्ख्यालाई नै मुसलमानहरूले अस्त्र बनाइरहेका छन् । उनीहरू जुन देशमा पुग्छन् त्यो देशलाई अन्ततः इस्लाम राष्ट्र बनाउन लागिपर्छन् । अफगानिस्तान त्यसको सही उदाहरण हो ।

मालदिभ्स, मौरिटानिया शतप्रतिशत मुसलमान रहेको देश हुन् । इरान, इराक, अफगानिस्तान, ट्युनिसिया, मोरक्को र यमनमा ९९ प्रतिशत मुसलमान छन् । सोमालिया, टर्की, नाइजर र अल्जेरियामा ९८ प्रतिशत मुसलमान छन् । साउदी अरब, जिबुटी र सुडानमा ९७ प्रतिशत मुसलमान छन् । संसारमा मुसलमान बाहुल्य देशले इस्लाम राष्ट्र बनाएका छन् । उनीहरू धर्मनिरपेक्ष राखेर बसेका छैनन् न त अन्य धर्मप्रति उदार भएका छन् । शतप्रतिशत मुसलमान बनाउने उनीहरूको उद्देश्य देखिन्छ ।

जहाँ मुसलमान बहुमतमा हुन्छन् त्यहाँ अन्य धर्मको जनसङ्ख्या कदापि बढ्दैन बरु घट्छ । पाकिस्तानमा हिन्दूको जनसङ्ख्या घट्दै गइरहेको छ । बङ्गलादेशमा पनि घट्ने क्रममा छ । अफगानिस्तानमा त हिन्दूको सङ्ख्या २ सय भन्दा कम भइसकेको छ । कुनैबेला हिन्दू र बौद्ध बाहुल्य अफगानिस्तानमा अहिले मुसलमान शतप्रतिशत हुँदै छन् । हिन्दुहरू कि मारिए कि लखेटिए । बङ्गलादेशमा हिन्दू मारिने क्रम बढ्दो छ । हालैमात्र एकजना हिन्दू नेता घरबाट अपहरणमा परी निर्ममतापूर्वक कुटिएर मारिएका छन् ।

विश्वको सबैभन्दा बढी हिन्दू जनसङ्ख्या भएको भारतमा पनि मुसलमानको जनसङ्ख्या वृद्धि भइरहेको छ । कतिपय मुसलमान बाहुल्य क्षेत्रमा हिन्दू खतरामा परेका छन् । हालैमात्र पश्चिम बँगालको मुर्सिदावाद जिल्लाको मुस्लिम बाहुल्य क्षेत्रमा हिन्दुहरू लखेटिएका छन् । बङ्गलादेशबाट मुसलमान विस्थापित हुन बाध्य भइरहेका छन् ।

नेपालमा पनि यसरी नै मुसलमानको जनसङ्ख्या विस्फोटक रूपमा बढ्नुले भविष्यमा हिन्दू बौद्ध किराँतलगायत सनातनीहरुले आफूमाथि खतरा देख्ने र द्वन्द्वको अवस्था सृजना हुने देखिन्छ । तराईका जिल्लामा हिंसा भड्कन थालिसकेका छन् । यो चुनौतीको बेलैमा व्यवस्थापन नगरे देशमा धर्मयुद्ध हुने खतरा छ ।

प्रतिक्रिया दिनुहोस्