
काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, लाई गोरखामा स्थानीय उत्पादन भेडाको ऊनको हाफकोट उपहार दिएका छन् ।
बारपाक पुगेका प्रचण्डलाई आज बिहान गोरखा–बारपाककी ‘रोसनी आमा’ आफैले बुनेको भेडाको ऊनको हाफ कोट उपहार स्वरूप दिएकी हुन् । रोसनी आमाले अध्यक्ष बारपाक आउने थाहा पाएपछि उनलाई ठिक हुनेगरी उक्त कोट आफैंले बुनेकी हुन् ।











