काठमाडौं । चितवनको भरतपुरको महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा भएको दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । भरतपुरतर्फ आउँदै रहेको ना ५ च २६४४ नम्बरको जिपले सोही दिशाबाट आउँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर भरतपुर–६ इन्द्रपुरी बस्ने वर्ष ५२ की लक्ष्मी वाग्लेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि जिप सडकमै पल्टिएको थियो । पल्टिएको उक्त बोलेरोले स्कुटरमा सवार महिलालाई समेत किचेको थियो ।
सो क्रममा महिलाको निधन भएको प्रहरीले जनाएको छ । जिप चालक भने प्रहरी नियन्त्रणमा छन् ।











