Logo
Logo

सशस्त्रको गाडी गृहमन्त्रीका छोराद्वारा गायब


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ साउन । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल सवारी साधन नहुँदा १० किलोमिटरसम्म हिडेर गस्ती गर्न बाध्य छन् । उता केन्द्रमा भने सवारी साधनको चरम दुरुपयोग भएको छ ।

कतिसम्म भने गृहमन्त्रीका छोराका साथीले समेत प्रहरीको गाडी दुरुपयोग गरिरहेको खुलेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाका एक साथीले चार महिनादेखि शसस्त्र प्रहरीको गाडी चढ्दै आएका छन् । दाङ घर भएका सन्देष शर्मा पोखरेलले सशस्त्र प्रहरीको टोयोटा हाइलेक्स गाडी चढीरहेका हुन् । गाडी लिएर उनी बेपत्ता भएपछि यतिबेला गृह मन्त्रालयकै खैलाबैला मच्चिएको छ ।

विगतमा बलात्कार मुद्दामा परेर छुटेका व्यक्ति हुन् पोखरेल । प्रतिकसँग आर्थिक कारोबार भएकाले उनले लकडाउन सुरु भएपछि सशस्त्र प्रहरीबाट गाडी झिकाएर केही समयका लागि भनेर दिएका थिए । तर, उनले गाडी फिर्ता नगरी सम्पर्कविहिन बनेका छन् ।

सशस्त्रमा गाडी दुरुपयोगको यो एउटा उदारण मात्र भएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । गृहमन्त्रीको सचिवालयबाटै सशस्त्र प्रहरीको गाडीको दुरुपयोग भइरहेको छ । सशस्त्र प्रहरी नेतृत्वले पनि नेताहरुलाई खुशी बनाउन गाडी र चालक दिएर नीतिगत रुपमा अनियमितता गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्