Logo
Logo

बौद्धमा विविध कार्यक्रम गरि बुद्ध जयन्ती मनाइने


3k
Shares

काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान बुद्धको जन्मजयन्तीको अवसर पारेर बौद्धमा विविध कार्यक्रम गरि बुद्ध जयन्ती मनाइने भएको छ ।

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको छ ।

सो कार्यक्रममा विश्व भरी बौद्ध महास्तुपाको अस्तुसहित विश्वशान्ति यात्रा आराम्भ गरी भगवान बुद्धको असिमित ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर पुरÞ्याई समस्त नेपाललाई विश्वमाझ चिनाउने महान उद्देश्यका साथ २५६९औं बुद्ध जयन्ती मनाउन लागिएको हो ।

आयोजकले परम्परागत रुपमा प्रचलित जात्रा तथा पर्व व्यवस्थापन गरिने संस्कार तथा परम्परा अनुरुप पौराणीक बुद्ध मुर्तीको रÞ्याली सहित भगवान गौतम बुद्धको अमूल्य अस्तुधातु तथा काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दूर्लभ अमूल्य अस्तुलाई बौद्ध धर्मलम्बी एवं उपस्थित पाहुनाहरु माझ दर्शन गराउने मुख्य कार्यक्रम रहने बताएको छ । बुद्ध जयन्तीको दिन बौद्धमा आउने अनुयायीहरुले पनि गुम्बामा दर्शन गर्न पाउनेछन् ।

२५६९औं बुद्ध जयन्ती बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध तामाङ कल्याण गुठी लगायत विभिन्न संघसस्थालाई समेटिएर पवित्र धार्मिक क्षेत्र बौद्धनाथबाट एकसाथ शान्तिको सन्देश दिन खोजिएको धर्म गुरु भुपतिबज्र लामाले बताए ।

कानुनले तोकेको क्षेत्राधिकार भित्र रहेर कार्य सम्पादन गर्दै आएको र प्राचीन समयदेखि पूजापाठ तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि गुठिले पाएको अधिकारको प्रयोग गर्दै आएको उनले बताए।

पाचौँ सताब्दीदेखि नेपाल बस्दै ४० वर्षदेखि बुद्धको धार्मिक क्षेत्रमा लागेको बौद्ध महाचैत्यको प्रमुख परमपूज्य अवतारी धर्मगुरु रिन्पोछे भुपतिबज्र चिनियाँ लामाले ‘मेरो जन्म अरुको लागि’ भन्ने मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा विश्वभरी मनाउन आह्वान गरेका छन् ।

धर्मगुरु रिन्पोछे लामाले भने, ‘भगवान बुद्धलाई संसारभर शान्ति फैलाएको, जसले सबै थोक त्याग गरी एक रुखमुनि बसेको, सहनशिलता राखेको कुरालाई मनमा राख्नुपर्ने र हामी सबै एउटै हौँ । भन्ने कुरालाई आत्मासाथ गर्नुपर्ने बताए । म नेपालमा हुर्किएको हो र म नेपाल राष्ट्रको छोरो हो । नेपाल राष्ट्र मेरो घर हो । नेपालमा जन्मिएका बुद्धलाई विश्वभरी चिनाउनुपर्छ । म यही देशमा बलिदान दिन चाहन्छु, मेरो घर यही हो ।’

उक्त बुद्ध जयन्ती कार्यक्रममा राष्ट्र प्रमुखको प्रमुख आतिथ्यता रहने जनाइएको छ । साथै विभिन्न स्वदेशी–विदेशी संघरसंस्था, अनुयायीहरु, स्थानीय वासिन्दाहरु, लामा धर्मगुरु एवं विभिन्न विशिष्ठ अतिथिहरु र कुटनीतिज्ञहरुको उपस्थितिमा औपचारिक रुपमा हुने जनाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000