
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिक्षकहरू कांग्रेस, एमाले र माओवादीको मात्रै नभएको बताए ।
‘शिक्षकहरूलाई पानीको फोहोरा हानेर मात्रै हुँदैन । तुरुन्त विद्यालय फर्काउने वातावरण बनाइयोस्,’ उनले भने, ‘उहाँहरुको जायज माग पूरा गर्न सरकार लागोस्, शिक्षामन्त्री नवनियुक्त हुनुहुन्छ उहाँले सदनमा आएर जवाफ दिने वातावरण बनाउनुपर्छ ।’











