
काठमाडौं । नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम स्थगित भएको छ । नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेसँगै आजका लागि तय भएको एकता घोषणा सभा आजका लागि स्थगित भएको हो ।
जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले आजका लागि तय भएको नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता सभा स्थगित गरिएको जानकारी दिए ।
एकता सभामा सहभागी हुन प्रज्ञा भवन कमलादी पुगेका चौधरीलाई परिसरबाटै सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पु¥याएको छ । तर नियन्त्रणको कारण खुलाएको छैन ।
एकता घोषणाबारे अब के गर्ने भन्नेबारे दुवै पार्टीबीच छलफल गरेर टुंगो लाग्ने प्रवक्ता यादवले बताए । टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।














