काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले राष्ट्रियस्तरका ६ जना क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेको छ । कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यो घोषणा गरेको हो ।

ब्रान्ड एम्बासडरमा कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, अनिलकुमार साह र ललित राजवंशी रहेका छन् । कम्पनी र खेलाडीबिच यससम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको छ ।
सम्झौतापत्रमा वल्र्डलिंकका सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र प्रमुख कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका हुन् । एम्बासडरमा नियुक्त खेलाडीले वल्र्डलिंकको डिजिटल सशक्तीकरण अभियान र राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
‘नेपालमा पहिलोपटक एउटै कम्पनीले एकै साथ ६ जना ब्रान्ड एम्बासडर अनुबन्धन गर्ने काम वल्र्डलिंकले गरेको छ,’ कार्यकारी निर्देशक अग्रवालले भने, ‘यो सम्झौताले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासप्रतिको प्रतिबद्धता देखाउँछ । साथै उनले लाखौँ नेपालीको सपना र आकांक्षाको प्रतिनिधित्व गर्ने खेलाडीलाई वल्र्डलिंक परिवारमा स्वागत गर्न पाउनु खुसीको कुरा भएको बताए ।
यो सहकार्य केवल ब्रान्ड प्रवद्र्धन मात्रै नभएर नेपालीको भावना र गौरवसँग जोडिएको आत्मीय प्रतिबद्धता रहेको प्रमुख कार्यकारी अधिकृत नेपालले बताए । ‘क्रिकेटले हाम्रो देशलाई अन्तर्राष्ट्रियस्तरमा गौरव दिलाएको छ र हामी वल्र्डलिंकका रूपमा यस राष्ट्रिय खेललाई अझ सशक्त बनाउन र नेपाली जनताको मायालाई सम्मान गर्न प्रतिबद्ध छौँ,’ उनले भने ।
त्यस्तै, खेलाडीले पनि नेपालकै सबैभन्दा ठुलो आइएसपी वल्र्डलिंकले आफूहरूलाई विश्वास गरेर अनुबन्ध गरेकोमा खुसी लागेको बताए । वल्र्डलिंकको नवीनता, विश्वसनीयता र सामाजिक प्रतिबद्धतामा विश्वास गर्दै सहकार्यमार्फत दुवै पक्षका लक्ष्य पूरा गर्न सँगै अगाडि बढ्ने उनीहरूको प्रतिबद्धता थियो ।
सन् १९९५ मा स्थापना भएको वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड नेपालकै सबैभन्दा ठुलो इन्टरनेट र नेटवर्क सेवाप्रदायक हो । देशभरि १० लाखभन्दा बढी घरपरिवारमा इन्टरनेट सेवा पु¥याउँदै आएको वल्र्डलिंकले उच्च गतिको ब्रोडब्यान्ड र व्यावसायिक सेवा ७७ वटै जिल्लामा प्रदान गर्दै आएको छ ।











