Logo
Logo

सरकारको स्टन्टले छिमेकीसँगको सम्बन्ध बिग्रियो : प्रभु साह


756
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारको स्टन्टले वैदेशिक सम्बन्ध बिग्रँदै गएको बताएका छन् । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित आजपा निकटको आम ट्रेड युनियन फेडरेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘नले भने, सरकारको स्टन्टले वैदेशिक सम्बन्ध बिग्रँदै गएको छ । हाम्रा दुई छिमेकी भारत र चीनसँग सम्बन्ध राम्रो छैन् ।’ मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढ्दै गइरहेको र  प्रधानमन्त्रीजी हरेक क्षेत्रमा असफल भइसकेको शाहले बताए । 

नेपाल सहित विदेशमा श्रमजीवी मजदुरहरू विभिन्न समस्याका कारण तड्पिरहेको भए पनि सरकार मौन बसेको उनको आरोप छ । विदेशमा काम गरिरहेका नेपाली मजदुरहरूले ट्रेड युनियनको हक अधिकार पाउनुपर्ने उनको माग छ ।

नेपालमै रहेका घरेलु कामदारको हक अधिकार सुनिश्चित नभएको उनको भनाइ छ । नेपालमा काम गरिरहेका घरेलु कामदारको हितमा हुने गरी कानुन निर्माणमा सरकारले ढिलाइ गर्न नहुने उनले बताए । यथाशीघ्र घरेलु कामदारको हितमा हुने गरी कानुन निर्माण गर्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्