Logo
Logo

गणतन्त्र भ्रष्ट जन्माउने कारखाना भयो : कमल थापा


315
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सङ्घीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा भएको आरोप लगाएका छन् । उनले अहिलेको व्यवस्थाबाट देशमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको बताए ।

 

१६३औं श्रमिक दिवसको अवसरमा राप्रपा नेपालआबद्ध मजदुर सङ्गठन (टुकोन)ले बिहीबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उदास, हतास र निरासालाई चिर्न व्यवस्था परिवर्तन जरुरी भएको बताएका हुन् ।

सम्पूर्ण राजावादी, हिन्दूवादी एक हुनुपर्ने अहिलेको माग भएको भन्दै उनले बर्खायाम शुरु हुनु अगावै गणतन्त्रविरुद्ध आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने बताए ।

थापाले समान विचार भएकाहरू सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नु नहुने धारणा राखे । उनले राप्रपा नेपाल सदैव श्रमिकको हक हितको पक्षमा पनि दावी गरे ।

प्रतिक्रिया दिनुहोस्