Logo
Logo

धादिङको तिप्लिङमा सशस्त्र प्रहरी बलको नयाँ बिओपी स्थापना


1.3k
Shares

धादिङ । धादिङ जिल्लाको रुवी भ्याली गाउँपालिका–१ तिप्लिङमा सशस्त्र प्रहरी बल नेपाल (सप्रबल) को बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ । गृहमन्त्री रमेश लेखकले बैशाख १९ गते एक विशेष समारोहबीच बिओपीको उद्घाटन गरे । 

सदरमुकामबाट झण्डै ७० किलोमिटर टाढा र २,२०० मिटरको उचाइमा रहेको यस बिओपी हाललाई गाउँपालिकाले उपलब्ध गराएको भाडाको भवनमा सञ्चालनमा ल्याइएको हो ।

उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङ, गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, रुवी भ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङ, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी उपरीक्षक दीपेन्द्र शाही, राष्ट्रिय अनुसन्धान विभागका उप९निर्देशक नरेन्द्रराज गिरी लगायत स्थानीय जनप्रतिनिधि तथा बासिन्दाहरूको उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरी बलले उत्तरतर्फ चीनसँगको सीमा क्षेत्रमा तिंकर (दार्चुला), हिल्सा (हुम्ला), नेचुङ (मुस्ताङ), साम्दो (गोरखा), टिमुरे ९रसुवा०, तातोपानी र गुम्बा (सिन्धुपाल्चोक), लामाबगर (दोलखा), किमाथाङ्का (संखुवासभा), र ओलाङचुङगोला (ताप्लेजुङ)लगायत स्थानहरूमा बिओपी स्थापना गरिसकेको छ ।

नयाँ बिओपीसहित चीनसँगको सीमामा सप्रबलका ११ वटा र भारतसँगको सीमामा २४४ वटा गरी कुल २५५ वटा बिओपीहरु स्थापना भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्