Logo
Logo

दलहरू सत्ता र सम्पत्ति आर्जनमा सीमित भए : बाबुराम भट्टराई


315
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपाली राजनीतिक दलहरूलाई राज्य दोहनको साधन बनेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरू विचार, सिद्धान्त र आदर्शभन्दा पनि स्वार्थ समूहका रूपमा विकसित भइरहेको टिप्पणी गरे ।

‘लोकतन्त्रमा राजनीतिक दल आवश्यक हुन्छन्, दलहरूमार्फत नै विचार प्रतिस्पर्धा र लोकतान्त्रिक अभ्यास सम्भव हुन्छ,’ भट्टराईले भने, ‘तर नेपालमा दलहरू भर्खरै बनेका हुँदा तिनीहरू विचार, नीति, आदर्शभन्दा पनि जसरी हुन्छ सत्तामा पुग्ने र त्यसको दोहन गर्ने माध्यम बनेका छन् ।’

उनले दलहरू सत्ताको शक्ति प्रयोग गरी छिटो सम्पत्ति आर्जन गर्ने माध्यममा सीमित भएको उल्लेख गरे। ‘बिना लगानी सम्पत्ति कमाउने थलो बनेका छन् राजनीतिक दलहरू,’ उनले भने, ‘तर दल भनेको नैतिकता, सिद्धान्त र जनहितका वाहक हुनुपर्ने हो । आज तिनीहरू राज्य शोषण गर्ने औजार बनेका छन् ।’

भट्टराईले वर्तमान राजनीतिक दलप्रति जनताको वितृष्णा बढ्दै गएको र दलीय आबद्धता नै अब विकासको बाधक बन्दै गएको चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्