Logo
Logo

प्रचण्डले बोलाए पदाधिकारी बैठक, के छ एजेण्डा ?


1.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । बैठक आज दिउँसो १ बजे खुमलटारमा बस्नेगरी प्रचण्डले बैठक बोलाएका हुन् ।

बैठकमा हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा हुने अभियानबारे छलफल तथा समसामयिक राजनीतिबारे छलफल हुने उपमहासचिव मात्रिका यादवले जानकारी दिए ।

पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, पुष्पलाल लोकमार्गका साथै हिमाली जिल्लामा केन्द्रित रहेर ‘जनतासँग माओवादी’ जागरण अभियान चलाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार फागुन १२ गतेदेखि सुरु भई वैशाख १७ गते सम्पन्न भएको तराई मधेस जागरण अभियान पूर्णरुपमा सफल भएको माओवादीको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्