Logo
Logo

कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु


567
Shares

काठमाडौं । कञ्चनपुरमा चट्याङ लागेर गर्भवती महिलाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–१२ की २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो ।

बारीमा काम गरिरहेको समयमा आइतबार बिहान चट्याङ लागेर सात महिने गर्भवती लालमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लालमतीका २५ वर्षीय श्रीमान् रतनसिंह राना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्