Logo
Logo

जसपा नेपाल कोशी प्रदेशका चार जिल्ला अधिवेशन तालिका सार्वजनिक


378
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल कोशी प्रदेशअन्तर्गतका चार जिल्ला समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् ।

प्रदेशअन्तर्गतका धनकुटा, सङ्खुवासभा, मोरङ र सुनसरी जिल्ला समितिको अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको हो ।

जसअनुसार धनकुटा जिल्ला समितिको अधिवेशन वैशाख २६ गते शुक्रबार हुने भएको छ । धनकुटा बसपार्कस्थित भूपू सैनिक भवनमा जिल्ला अधिवेशनको उद्घाटन हुने बताइएको छ ।

शनिबार खाँदबारीस्थित होराइजन होटलको सभाहलमा सङ्खुवासभा जिल्ला समितिको अधिवेशन हुने भएको छ ।

बिराटनगरस्थित मारवाडी सेवा सदनको सभा हलमा वैशाख २९ र ३० गते जसपा नेपालको मोरङ जिल्ला अधिवेशन हुने कार्यतालिका रहेको छ ।

इनरुवास्थित सत्यनारायण मन्दिरमा वैशाख ३० र ३१ गते सुनसरी जिल्ला अधिवेशनको आयोजना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्