काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार, पौड्यालले ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप छ । उनले पदीय मर्यादा उल्लङ्घन गरी ९ वैशाख २०५१ देखि ३१ असार २०८० सम्मको अवधिमा उक्त अकुत सम्पत्ति कमाएको आरोप पत्रमा उल्लेख छ ।














