
काठमाडौं । विविध कार्यक्रम गरि शान्तिका अग्रदूत गौतम बुद्धको २५६९औँ जन्म जयन्ती आज मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । आजको दिन काठमाडौंको बौद्ध स्तुपा, स्वयम्भूनाथ, लुम्बिनी लगायत बुद्धस्थलमा बिहानै देखि श्रद्धालुहरूको भीड लागेको छ ।
























