
काठमाडौं । महोत्तरीको सम्सी गाउँपालिकाका नेकपा (एमाले) नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
माओवादी प्रवेश गर्ने नेताहरूमा विनोद कुमार साह, बजन कुमार साह, किसोरी साह, सन्तोष कुमार साह र डा. कौशल कुमार साह रहेका छन् । लामो समयदेखि जनस्तरमा सक्रिय रहँदै आएका उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पैचण्डले पार्टीमा स्वागत गरेका हुन् ।
प्रचण्डले नयाँ सदस्यहरूको आगमनले महोत्तरीमा पार्टीको संगठनलाई थप बलियो बनाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् । उनीहरूको आगमनले महोत्तरीमा पार्टीको संगठन बलियो बनाउन थप ऊर्जा र उत्साह प्रदान गर्ने उनको विश्वास छ ।














