Logo
Logo

झापामा हावाहुरीले घर भत्काउँदा एक जनाको मृत्यु


252
Shares

काठमाडौं । झापामा हावाहुरीले घर भत्काउँदा एक जनाको ज्यान गएको छ । हल्दिबारी गाउँपालिका–५ त्रिवेणी चोकमा गएराति हावाहुरीले घर भत्काउँदा ६५ वर्षका मानबहादुर मगरको मृत्यु भएको हो ।

टिनको छाना भएको टाडेघरमा सुतिरहेका मगरलाई घारको बिमले थिचेर मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्