
काठमाडौं । सरकारले शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरेको छ । बुधबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव रहेका उनलाई सचिवमा बढुवा गरेको हो ।
पर्यटन मन्त्रालयका सचिव विनोदप्रसाद सिंहको अघिल्लो साताबाट अवकाशपछि सचिव पद रिक्त थियो ।
पौडेलले भन्सार विभागको महानिर्देशक, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, धितोपत्र बोर्डको अध्यक्षलगायतको जिम्मेवारी सम्हालिसकेका छन् ।














