Logo
Logo

रास्वपा सांसदको व्यंग्य- दुईवटा गभर्नर बनाऔं


630
Shares

काठमाडाौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले कांग्रेस र एमालेलाई दुई वटा गभर्नर बनाउन सुझाव दिएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद ढकालले सरकारले हालसम्म गभर्नर नियुक्त गर्न नसकेकोप्रति व्यंग्य गर्दै दुई वटा गभर्नर बनाउन सुझाव दिएका हुन् ।

‘म गठबन्धन सरकारलाई जे गर्नुछ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस भन्छु । चल्या छ लडाईं, दुई वटा गभर्नर बनाउनुस न, एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने,’ उनले भने ।

साथै उनले छापिएको नोटमा आफ्नै पार्टीको चुनाव चिन्ह राख्न भन्दै अबको ३१ महिनापछि आम नाागरिकले नसहने चेतावनी दिए । उनले भने, ‘यो ३१ महिनामा त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस । त्यसपछि आम नागरिकले सहनेछैनन् । यो देशको दलीयकरणविरुद्ध आम नागरिक जागरुक भैसकेका छन् ।’

प्रतिक्रिया दिनुहोस्