Logo
Logo

उपत्यकासहित देशैभर फेरि विद्युत अवरुद्ध


2k
Shares

काठमाडौं । करिब एक घण्टा अवरुद्ध भएर आएको बिजुली केहीबेरमै पुनः अवरुद्ध भएको छ । यसअघि देशैभर करिब एक घण्टा विद्युत् अवरुद्ध भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आउँदा विद्युत् प्रसारणमा समस्या भएको जनाएको छ । ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइन सर्ट भएर भारतबाट विद्युत् आउन बन्द भएपछि देशभर एकै पटक विद्युत् अवरोध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

नेपालका पश्चिम क्षेत्र र काठमाडौंका केही भागमा विद्युत् आउन थाले पनि पूर्वी क्षेत्रमा अझै पनि अवरोध कायमै रहेको प्राधिकरणले जनाएको । 

प्रतिक्रिया दिनुहोस्