Logo
Logo

रवि लामिछाने र छविलाल जोशीलाई सुनुवाइ जानकारी पठाउन आदेश


2.1k
Shares

काठमाडौं । उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी मुद्दामा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीलाई पुनरावेदन सुनुवाइबारे जानकारी पठाउन आदेश दिएको छ। मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले शुक्रवार यस्तो आदेश जारी गरेको हो ।


 
लामिछाने र जोशी हाल अन्य मुद्दामा रुपन्देही कारागारमा छन् । अदालतले सम्बन्धित कारागार कार्यालयमार्फत उनीहरूलाई सुनुवाइको जानकारी छिटो पठाउन निर्देशन दिएको छ । अन्य प्रतिवादीहरू आरती गुरुङ, मिना गुरुङ, रामबहादुर खनाल, लिला पछाइँ र कृष्णबहादुर गुरुको सुनुवाइ आइतबारलाई तोकिएको छ । 

कास्की जिल्ला अदालतले पुस २५ मा लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध लामिछानेले साधारण तारेख माग्दै र सरकारी वकिल कार्यालय तथा जाहेरवालाहरूले पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेका छन् । 

लामिछाने पक्षका वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ र सुरेन्द्र थापाले थुनामा रहेका पक्षलाई जानकारी नदिई सुनुवाइ भएको भन्दै आपत्ति जनाएका थिए । वादीतर्फबाट उपन्यायाधिवक्ता सुरेन्द्रराज काफ्ले र दशरथ पंगेनीले बहस गरे । सुनुवाइलाई अदालतले प्राथमिकतामा राखेर हेर्दाहेर्दैमा राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्