Logo
Logo

मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा


1.8k
Shares

काठमाडौं । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

आइतबार साँझ त्रिवेणी चोकमा दुर्घटना हुँदा मोटरसाइकल पछाडी बसेकी रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी मेहताको रंगेली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल उनका छोरा रमेशले चलाएका थिए ।

आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल आइतबार साँझ रतुवामाई–६ त्रिवेणी चोकमा कुकुरलाई जोगाउन खोज्दा आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल चालक २३ वर्षीय रमेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्