
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा जवाफ दिने कार्यक्रम स्थगित भएको छ । यसअघि सम्भावित कार्यसूचीमा आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम उल्लेख थियो ।
तर प्रधानमन्त्री अस्वस्थ भएपछि संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई कार्यसूचीबाट हटाइएको सभामुख देवराज घिमिरेका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए ।
नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले पनि प्रधानमन्त्री अस्वस्थ भएका कारण संसदमा उपस्थित नहुने जानकारी दिए । ओली हिजो (सोमबार)देखि अस्वस्थ्य छन् । उनी अस्वस्थ रहेको कारण देखाउँदै सोमबारको मन्त्रिपरिषद् बैठक पनि रोकिएको थियो । उनलाई रुघा लागेको बताइन्छ ।











