चितवन । केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलले ‘केज पार्टनर्स मिट २०२५’ को आयोजना गत जेठ २ गते चितवनमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्टेकहोल्डर, पार्टनर र डिलरहरूले व्यावसायिक सफलता, भविष्यका योजनाहरू र बजार रणनीतिबारे छलफल र अनुभव आदानप्रदान गरेका थिए ।

सत्यदिपका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले कम्पनीको दुई दशकको यात्रा, गुणस्तर, विश्वसनीयता र देशव्यापी वितरण क्षमताबारे जानकारी गराए । केजका सेल्स डाइरेक्टर चोङ चिन सियोङले कम्पनीको ग्लोबल भिजन र उत्पादन नवप्रवर्तनबारे प्रस्तुति दिए भने सत्यदिपका बिजनेस डेभलपमेन्ट म्यानेजर दिवाकर मिश्रले नेपालमा केजको बजार रणनीति र वृद्धिका योजनाहरू प्रस्तुत गरे । कार्यक्रममा केजको उत्पादन क्षमताबारे विशेष भिडियो र तथ्यांकयुक्त प्रस्तुति पनि प्रदर्शन गरिएको थियो ।
नेपालमा केजले चिनियाँ मूलका ब्याट्रीमा ४० प्रतिशत र दुईपांग्रे सवारीको ब्याट्री बजारमा २० प्रतिशत भन्दा बढी हिस्सा ओगट्दै नम्बर १ ब्रान्ड बनेको छ । सन् २००२ मा स्थापित सत्यदिप बोस, भालेओ, जेडएफ र केजजस्ता ब्रान्डसँगको सहकार्य, रिटेल नेटवर्क र उत्कृष्ट सेवाका लागि परिचित छ ।











