Logo
Logo

सिद्धार्थ बैंकको घरकर्जा ९.२५ प्रतिशतमा पाइने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले घर बनाउने, खरिद गर्ने तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घरकर्जा सार्ने प्रयोजनाका लागि सस्तो तथा सरल किस्ताबन्दीमा घर कर्जा योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत बैंकले ग्राहकहरुलाई ९.२५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ । सो प्रदान गरिएको कर्जाको ब्याजदर एक वर्षसम्मका लागि स्थिर रहने जनाइएको छ ।

बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउँदै आएको छ भने यस योजनाले सबै ग्राहकहरुलाई आफ्नै घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गर्नेछ भन्ने बैंकले विश्वास लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्