Logo
Logo

एट्लेटिको म्याड्रिडमाथि बार्सिलोनाको रोमाञ्चक जित


0
Shares

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई २–१ गोलले पराजित गरेको छ । एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा जित निकाल्दै बार्सिलोनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ ।

The current image has no alternative text. The file name is: barc.jpg

खेलको १०औँ मिनेटमा जुलियानो सिमोनेले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । उनका लागि जुलियन अल्भारेजले गोलको अवसर सिर्जना गरेका थिए ।

पहिलो हाफको अन्तिम समयमा बार्सिलोनाले बराबरी गोल फर्कायो । ४५औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै खेल १–१ को अवस्थामा पुर्‍याएका थिए ।

दोस्रो हाफमा बार्सिलोनाले थप आक्रामक खेल प्रस्तुत गर्‍यो। खेलको ६६औँ मिनेटमा लामिन यामलको उत्कृष्ट पासमा फर्मिनले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । बाँकी समयमा एट्लेटिकोले बराबरी गोल फर्काउन सकेन ।

यस जितसँगै बार्सिलोनाले १२ खेलबाट ३३ अङ्क जोडेको छ । बार्सिलोना दोस्रो स्थानको रियल म्याड्रिडभन्दा तीन अङ्कले अगाडि रहेको छ । २८ अङ्कसहित एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000