Logo
Logo

सत्याग्राही गम्भीर, सरकार मुकदर्शक


-एमपी सुब्बा


  • एमपी सुब्बा

सामाजिक अभियन्ता ईः राजधानीको बसन्तपुरमा १७औँ दिन सत्याग्रहमा छन् । यो एउटा यस्तो सत्याग्रह, जो जनहितका लागि जारी छ । जो जनताका लागि भोकै अनवरत सत्याग्रहमा छन् । तर, जनताको सरकार भने सत्याग्रहीप्रति मूकदर्शक बनेको छ । जनताको स्वाथ्यमा खेडबाड नहोस् भन्दै सत्याग्रहमा बसेका अभियान्ता ईः को आफ्नै स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । तर, सरकार गम्भीर छैन । यो ईंः मा चार युवा छन्, जसले आम युवा र नेपाली जनताको प्रतिनिधित्व गरिरहेका छन् ।

कोरोना संक्रमणले विश्व आतंकित बनाइरहँदा नेपाल सरकारले लकडाउन घोषणा गरेको थियो । देश लकडाउन गर्दैमा कोरोना समस्या समाधान हुन्छ भन्ने सरकारको मानसिकताले गर्दा सामाजिक सञ्जालमा एउटा गु्रप बन्यो, ‘इनफ इज इनफ’ । जतिखेर लकडाउका कारण जनजीवन ठप्प भएपछि कोरोना संक्रमणभन्दा बेरोगारी र भोकमरी आक्रान्त बन्दै गयो । एकातिर स्वाथ्य र राहतमा नाममा भ्रष्टाचार बढ्दै गयो । सरकारले ‘अति’ गर्न थालेपछि नै जन्मिएको हो, ‘इनफ इज इनफ’ ।

विश्वव्यापी महामारीको रुपमा लिएको कोरोभाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारले चुस्त व्यवस्थापनमा ध्यान नदिएपछि उत्पन्न आक्रोशले जन्माएको यो ‘सत्याग्रह’लाई सरकार आफ्नो विरोधी ठान्छ । जनताले आवाज उठाउँदा षडयन्त्र ठान्ने वर्तमान सरकारले यो सत्याग्रहलाई सम्बोधन गर्न किन चाहँदैन ? सरकार जनताप्रति भन्दा पनि आन्तरिक विवादमा अल्झिएको छ । नत्र किन सरकारले जनताको भावना र दुःख बुझ्दैन ?

यदि सरकार जनताप्रति समर्पित भए पक्कै ढाट्न सक्दैन । कोरोना संक्रमण भयावह बन्दै गइरहेको बेला पनि सरकार भन्छ, ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले पर्याप्त काम गर्दै आएको छ । र, कोरोना रोकथाम गर्न सरकार सफल हुँदै आएको छ ।’ यही झुठो आश्वासनले उत्पन्न भएको हो, सत्याग्रह । सुरुमा धेरैले प्रश्न गरेका थिए, किन जागे युवा ? यो सत्याग्रह केका लागि ? अहिले प्रश्न जवाफ सरकारको मथिंगरमा घुमेको हुनसक्छ तर, सत्याग्रहीको माग सम्बोधन गर्न चाहेको छैन ।

कोरोना संक्रमणले विश्व आतंकित बनाइरहँदा नेपाल सरकारले लकडाउन घोषणा गरेको थियो । देश लकडाउन गर्दैमा कोरोना समस्या समाधान हुन्छ भन्ने सरकारको मानसिकताले गर्दा सामाजिक सञ्जालमा एउटा गु्रप बन्यो, ‘इनफ इज इनफ’ । जतिखेर लकडाउका कारण जनजीवन ठप्प भएपछि कोरोना संक्रमणभन्दा बेरोगारी र भोकमरी आक्रान्त बन्दै गयो । एकातिर स्वाथ्य र राहतमा नाममा भ्रष्टाचार बढ्दै गयो । सरकारले ‘अति’ गर्न थालेपछि नै जन्मिएको हो, ‘इनफ इज इनफ’ ।

एकातिर सरकार भ्रष्टाचारमा लिप्त हुँदै गर्दा अर्कोतिर दिनदिनै कोरोना संक्रमण फैलिँदै गएको थियो भने मानिसहरुको ज्यान समेत जान थालेपछि लकडाउन उग्लघंन गर्दै सरकार निस्किएका युवा समूहको आन्दोलन नै सत्याग्रहमा परिणत भएको हो । सरकारले कोभिड–१९ को संक्रमण व्यवस्थापनमा ध्यान दिनुपर्ने, परीक्षणको दायरा फराकिलो पार्नुपर्ने तथा आरडिटी परीक्षण रोक्नुपर्ने जस्ता माग राख्दै आन्दोलनमा उत्रिएका युवाहरुको नेतृत्व गर्दै ललितपुरको पाटन दरबार स्क्वेयरबाट सुरु भएको अभिययान्ता ईःको सत्याग्रह १७औँ दिनसम्म पनि वसन्तपुरमा जारी छ । तर, सत्याग्रहीसम्म सरकार पुगेको छैन ।

सत्याग्रहीको माग फेरिएको छैन । बालुवाटारको प्रांगण र माइतीघर मण्डलामा उठेका त्यही आवाज बसन्तपुर डबलीमा पनि उठिरहेको छ । यसअघि ती युवा पाटनमा सत्याग्रह बसिरहँदा सरकारले माग पूरा गर्ने सम्झौता गरेका थिए । त्यतिखेर १२औँ दिनमा सत्याग्रह तोडिएको थियो । तर सरकारले माग पूरा नगरेपछि उनी कोभिड–१९ कै व्यवस्थापनको माग गर्दै दोश्रो पटक अनसनमा बसेका हुन् । सरकारले अझैसम्म वार्ताका लागि कुनै पहल गरेको छैन । अहिले सत्याग्रहीको स्वास्थ्य अवस्था समेत कमजोर बन्दै गएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमण झनै भयावह बन्दै गएको छ । झण्डै चार महिना लकडाउन गरेर सरकारले जनतालाई पीडामाथि पीडा थप्ने काम मात्र ग¥यो । तर, लकडाउनका कारण जनता आहात बनेपछि सरकारले लकडाउनको अन्त्य त ग¥यो । तर, कोरोना संक्रमण रोक्न नयाँ रणनीतिविना । जसका कारण महिनाँै लकडाउनका बन्दी भएका जनता फेरि त्रसित बन्न परेको छ ।

सामामाजिक अभियान्ता ईः यही माग राखेर दोस्रोपटक सत्याग्रहमा बसेका छन् । तर, सरकारले कोरोना संक्रमण पत्ता लगाउन पीसीआर विधिको परीक्षणमा दायर नै बढाएको छ, न त क्वारेन्टिन नै व्यवस्थित भएको छ । विदेशमा समस्यामा परेका नेपाली कामदारको उद्धारमा समेत भ्रष्टाचारको गन्ध मिसियो ।

कोरोना संक्रमणको लक्षण देखिएको र परीक्षणका लागि चिकित्सकीय सुझाव पाएका व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने, आरडीटी विधिबाट गरिने परीक्षण रोक्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने, कोरोना महामारी रोकथामका लागि भएका काम र सामग्री खरिदको खर्च पारदर्शी हुनुपर्ने माग उनले राखेका छन् ।

त्यस्तै, कोरोना महामारी रोकथाम र उपचारमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीको सुरक्षा, कमजोर अवस्थाका मजदुर, कामदार, अस्थायी बासिन्दा र सीमान्तकृत समुदायलाई राहत र सम्मान गर्नुपर्ने, स्वास्थ्य उपचार क्षमता बढाउनुपर्ने पनि उनको माग छ ।

सत्याग्रहीका केही मागहरु

– पीसीआर परीक्षण वृद्धि : विदेशबाट फर्केका, कोभिड–१९ पुष्टि भएका व्यक्तिको निकट सम्पर्कमा रहेका, अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाकर्मी, श्वासप्रश्वाससम्बन्धी रोग अथवा ज्वरो, स्वाद र सुँघ्ने क्षमताको अभावजस्ता कोभिड–१९ का अरू लक्षण देखिएका र परीक्षणका लागि चिकित्सकीय सुझाव पाएका सबैको पीसीआर परीक्षण गर्ने व्यवस्था गरियोस् ।

– आरडीटी रोकियोस्, आरडीटीले केवल संक्रमण लागेको दुई हप्ता पछाडि केही हदसम्म भरपर्दो नतिजा दिन्छ । प्रारम्भिक चरणका संक्रमित पत्ता लगाई कोभिड–१९ फैलनबाट रोक्न पीसीआर परीक्षण अनिवार्य छ ।

– क्वारेन्टिन रणनीति फेरियोस्, अहिलेको हुलमुले क्वारेन्टिन रणनीतिका कारण जनताले व्यर्थमा दुःख पाइरहेका छन् । क्वारेन्टिन संक्रमण फैलिने र समुदायमा फैलाउने थलो बनेको छ । त्यसैले क्वारेन्टिन रणनीति फेर्नु अनिवार्य भएको छ । बाहिरबाट आएका यात्रुलाई सक्दो चाँडो पीसीआर परीक्षण गरियोस् । पोजिटिभ देखिएकालाई उचित स्वास्थ्योपचार प्रबन्ध भएका व्यवस्थित एकलवासमा पठाइयोस् । नेगेटिभ देखिएकालाई घरमा १४ दिने एकल बास बस्ने गरी पठाइयोस् । त्यो सम्भव नभए सम्मानजनक वैकल्पिक व्यवस्था गरियोस् ।

– पारदर्शिता र जवाफदेहिता– कोभिड–१९ सम्बन्धी सबै कार्यक्रम र खरिद प्रक्रियामा पारदर्शिता कायम गर्दै भ्रष्टाचार निरुत्साहन गर्ने नीति लिइयोस् । जीवनमरणसँग जोडिएको विषयमा भ्रष्टाचार नहोस् । सबै अर्थपूर्ण आरोपको छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् ।

– अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा, पीपीईलगायत आवश्यक सुरक्षा उपकरणको अभाव नहोस् । स्वास्थ्य क्षेत्र आपतकालीन योजनामा रहेका प्रावधानको कार्यान्वयन सुनिश्चित गरियोस् । कानुनी प्रावधान कार्यान्वयन गरी स्वास्थ्यकर्मीलाई सुरक्षा, सम्मान, र सहजता सुनिश्चित गरियोस् ।

– स्वास्थ्य क्षमता वृद्धि– आईसीयूलगायत अस्पताल क्षमता गम्भीर प्रकृतिका बढ्दो बिरामीहरूको संख्यालाई ध्यानमा राखी वृद्धि व्यवस्थापन गरियोस् । त्यसका लागि आवश्यक सामग्री तुरुन्तै खरिद गरियोस् ।

अभियान्त ईः अस्पतालमा

यसैबीच सोमबार अभियन्ता ईः ह्याम्स् अस्पताल गएका छन् । सत्याग्रहको १७औँ दिनमा उनी ह्याम्स अस्पताल लागेका हुन् । जनताको स्वास्थ्यमाथि खेडबाड नहोस् भन्दै दोस्रोपटक सत्याग्रह बसेका उनकै स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल गएका हुन् । स्वास्थ्यमा गम्भीर समस्या आएकाले अस्पताल जानुपर्ने भएको र अनशन अस्पतालबाटै सत्याग्रह जारी राख्ने अभियान्ता ईःले बताएका छन् । अस्पताल जाँदै लाग्दा, नयाँ प्लेकार्डमा लेखिँदै थियो, ‘सत्याग्रह जारी छ… ।

प्रतिक्रिया दिनुहोस्