Logo
Logo

४५ लाख बढीको सुनसहित नागढुंगाबाट एक जना पक्राउ


882
Shares

काठमाडौं । नागढुंगाबाट २७४.८३ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । झापाको काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बसमा चेकजाँच गर्दा भारत पश्चिम बंगालका ३१ वर्षीय महादेव सामन्त २७४.८३ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपीलराज बोहराले थप अनुसन्धान एवम् कारबाहीका लागि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको जानकारी दिए । बरामद भएको सुनको मूल्य आजको दिनमा ४५ लाख ६३ हजार ८२६ रुपैयाँ पर्ने नेपाल रत्न तथा आभूषण संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्