Logo
Logo

सुदूरपश्चिममा २४ घण्टामा चार जनामा कोरोना सङ्क्रमण पुष्टि


756
Shares

The current image has no alternative text. The file name is: corona.jpg

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार सङ्क्रमण पुष्टि हुने सबै भारतबाट फर्किएका पुरुष हुन् ।

जोशीले दिएको जानकारीअनुसार त्रिनगर नाकामा तीन जना र झुलाघाट नाकामा एक जनाको एन्टिजेन परीक्षणमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितहरू कञ्चनपुर, अछाम र बझाङ जिल्लाका रहेका छन् । “शङ्कास्पद व्यक्तिहरूको एन्टिजेन किटमार्फत परीक्षण गर्दा चार जनामा कोभिड पुष्टि भएको छ । सङ्क्रमितहरूलाई होम आइसोलेसनमा बस्न सुझाव दिइएको छ,” जोशीले भने ।

यसअघि शुक्रवार पाँच, बिहीबार एक र बुधवार तीन जनामा सङ्क्रमण देखिएको थियो । पछिल्लो समय भारतबाट फर्किनेहरूमा सङ्क्रमणको दर बढ्दै गएको देखिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सम्भावित महामारीको जोखिमलाई मध्यनजर गर्दै मातहतका कार्यालय, अस्पताल र प्रयोगशालाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन निर्देशन दिएको छ। मन्त्रालयले सङ्क्रमण नियन्त्रणका लागि सीमा नाकामा कडाइ र परीक्षणलाई तीव्रता दिन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्