Logo
Logo

प्रधानमन्त्रीद्वारा २०० बेडको जीवन विकास सामुदायिक अस्पताल उद्घाटन


882
Shares

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटन गरेका छन् । जीवन विकास समाजको अगुवाइमा २ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो अस्पताल सामाजिक व्यवसायको अवधारणामा सञ्चालित छ र मुनाफा वितरण नगर्ने नीति अपनाइएको छ ।

अस्पतालका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र सामुदायिक हितमा केन्द्रित रहने बताए। उद्घाटन समारोहमा मोरङ र सुनसरीका १० हजारभन्दा बढी स्थानीय सहभागी भएको आयोजकले जनाएको छ ।

यो अस्पतालले स्थानीय समुदायको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न र शैक्षिक अवसर प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्