Logo
Logo

नेता भनेको काम गर्ने चाहिन्छ : प्रधानमन्त्री ओली


630
Shares

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरू सृजनशील र काम गर्ने खालको हुनुपर्ने बताएका छन् । शनिवार मोरङको कटहरी गाउँपालिकामा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

मोरङ क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित योगेन्द्र मण्डलको सृजनशील कार्यको प्रशंसा गर्दै ओलीले भने, “तपाईँहरूले सही उम्मेदवार चुन्नुभयो । जनप्रतिनिधि सृजनशील र काम गर्ने नेता हुनुपर्छ, कुरा गर्ने मात्र होइन ।” 

प्रधानमन्त्रीले जीवन विकास सामुदायिक अस्पतालको योजनाको प्रशंसा गर्दै भने, “यो अस्पतालले रोग र बिरामीको आवश्यकतामा आधारित भएर उपचारलाई प्राथमिकता दिन्छ, जुन निकै महत्त्वपूर्ण छ ।” 

देशको विकास सामुदायिक पहल, राष्ट्रिय प्रयास र व्यक्तिगत योगदानबाट हुने बताउँदै ओलीले प्रतिफल नदिने र तिर्न नसकिने ऋण लिन नहुनेमा जोड दिए । “ऋण लिएर उत्पादन वृद्धिमा लगानी गर्नुपर्छ, जसबाट ऋण तिरेर समृद्धिको बाटोमा अघि बढ्न सकियोस्,” उनले भने । 

उपयुक्त नेतृत्व भएमा सरकारको सहयोगबिना पनि कृषि, खानेपानी, बिजुली, स्वास्थ्य र शिक्षामा सामुदायिक र व्यक्तिगत तवरबाट धेरै काम गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्