Logo
Logo

बगुवा खोलामा बेलिब्रिज जडानपछि खुल्यो कान्ति लोकपथ


189
Shares

काठमाडौं । बगुवा खोलामा बेलिब्रिज राखेपछि कान्ति लोकपथ आजबाट सञ्चालनमा आएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमास्थित बगुवा खोलामा बेलिब्रिज जडान सम्पन्न भएपछि आज बिहानदेखि यातायात सञ्चालमा आएको हो । जेठ २१ देखि बन्द रहेको उक्त सडक बेलिब्रिजन जडानपश्चात आज बिहानबाट पुल पूर्णरुपमा सञ्चालनमा आएको कान्ति राजमार्ग सडक आयोजनाका प्रवक्ता ई. उपेन्द्र महरानले बताए ।

गत वर्ष असोजमा आएको बाढीले पुलको मकवानपुरतर्फको भाग भत्काएपछि डाइभर्सनमार्फत् सवारी साधन सन्चालन हुँदै आएका थिए । तर डाइभर्सन गरिएको स्थानमा राखिएका ह्युमपाइप पनि सानो बाढीले बगाइदिने गरेपछि सवारी आवतजावतमा कठिनाई हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्