
काठमाडौं । रुपन्देहीमा जलेको अवस्थमा एक महिलाको शव भेटिएको छ । गएराति सम्मरीमाई गाउँपालिका–५ की २२ वर्षीया श्रृजना पालको शव जल्दै गरेकाे अवस्थामा पाण्डेडिह भन्ने ठाउँमा खोला नजिकै भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले घटनास्थलबाट प्रहरीले आधा जलेको शव बरामद गरेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको जानकारी दिए ।
घटनाको अनुसन्धानका लागि मृतकका पति प्रमोद पाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी सापकोटाले जानकारी दिए ।














